लाभांश प्रस्तावसहित गरिमा विकास बैंकको साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

८ पुष २०८०, आईतवार १४:४२

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले लाभांश लगायतका अन्य प्रस्तावहरु पारित गर्नको लागि वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकले आफ्नो १७औं वार्षिक साधारण सभा पुष २९ गते होटल पोखरा ग्राण्ड बिरौटा पोखरा कास्कीमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले १० दशमलव ५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ० दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षण सहितको वासलात, नाफा, नोक्सान हिसाब र नगद प्रवाह लगायतको वित्तीय विवरणहरु पारित गर्ने एजेण्डा रहेको छ । साथै, चालु आर्थिक वर्ष २०८०।०८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश भएको छ ।

बैंकले साधारण सभा प्रयोजनको लागि कम्पनीले पुष १७ गते देखि २९ गते सम्म बुक क्लोज गर्ने भएको हुँदा पुष १६ गते सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*