ठूला लगानीकर्ता दोस्रो बजारमा प्रवेश, तीन कम्पनीको १६ करोडमाथिको शेयर खरिदबिक्रि
काठमाडौं । शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको देख्न सकिन्छ ।
त्यसपछिका दिनहरूमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क हेर्ने हो भने प्रत्येक दिन बजार बढेको छ, कारोबार रकम पनि दैनिक बढ्दो छ ।नेप्सेको तथ्यांक हेर्दा कारोबार भएको पछिल्लो ८ दिनको अवधिमा ४५ अर्ब बढीको कारोबार भएको देखिन्छ । नेप्से परिसूचक डेढ सय बिन्दुले वृद्धि हुँदा लगानीकर्ताहरूको सम्पत्ति साढे ४ खर्ब रुपैयाँ बढेको छ ।
१ अर्बको कारोबार हुन धौंधौं पर्ने शेयर बजारमा ७ अर्ब रुपैयाँसम्म कारोबार हुन थालेको छ।विगतका दिनहरूमा भइरहेको कारोबारको तुलना गर्दा पुँजी बजारमा ठूला लगानीकर्ताहरूको प्रवेशले कारोबारको आकार बढेको सेयर बजार जानकारहरू बताउँछन् ।
ठूला लगानीकर्ताहरू कन्भर्ट भएको सेयर बिक्री गरेर बाहिरिन खोजेको शेयर बिश्लेषकहरुको धारणा रहेको छ ।एनआरएन, शिवम् सिमेन्ट, माउन्टेन हाइड्रोको लकिङको समय सकिएकोछ ।
बजारमा पहिला फसेका लगानीकर्ताहरू बढ्न थालेपछि पुनः प्रवेश गरेका हुन सक्ने उनको भनाइ छ ।
आज शिवम सिमेन्टस, घोराही सिमेन्टस र सानापुर मिल्सको १६ करोडमाथिको शेयर कारोबार भएको छ।