नागरिक लगानी कोषले एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्री गर्दै
८ पुष २०८०, आईतवार ०९:५८
काठमाडौं । नागरिक लगानी कोषले एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र जारी गरेको छ । कोषले एनआइसी एशिया बैंकको २ करोड रुपैयाँ बराबर शेयर बिक्री गर्ने भएको हो । कम्पनीले प्रति कित्ता न्यूनतम ८०० रुपैयाँका दरले २५ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो।
निवेदकले तोकिएको मूल्य भन्दा कम मूल्यमा आवेदन दिए त्यो आवेदन स्वत रद्द हुने बताइएको छ । न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । यो शेयर खरिद गर्न इच्छुकले पुस १६ गते कार्यालय समयभित्र गोप्य शिलबन्दी पेश गर्न सक्नेछन् । बोलपत्र फारम एनआइसी एशिया क्यापिटलसहित बैंकको केन्द्रीय कार्यालय र शाखा कार्यालयबाट प्राप्त गर्न सकिने बताइएको छ ।