हकप्रद निष्कासनको प्रस्ताव राखेर दोर्दी खोलाले डाक्यो साधारण सभा
८ पुष २०८०, आईतवार ०९:३५
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले पुस २९ गते हिमशिखर पार्टी भेन्यू, चापागाँउमा बिहान साढे ८ बजदेखि सभा बोलाएको हो ।
सभाले हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले पुस १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।