१७% लाभांश प्रस्ताव राखेर एनएमबि क्यापिटलले डाक्यो साधारण सभा
८ पुष २०८०, आईतवार ०८:५२
काठमाडौं । एनएमबि क्यापिटलले लाभांश प्रस्ताव राखेर १३ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले पुस २९ गते आइतबार होटल बाराही, ठमेल काठमाडौंमा दिनको ४ बजेदेखि सभा बोलाएको हो ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट शेयरधनीलाई १७ प्रतिशत (कर समेत) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्नेछ । त्यस्तै, सभाले गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ ।
त्यसैगरी सभाले चालु आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ, कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।