सेबोनका अध्यक्ष हमाल साता अघिदेखि बिदामा बस्ने तयारीमा
काठमाडौं । नेपाली पुँजि बजारको नियामक पद हत्याएर इतिहासमै सबैभन्दा धेरै दुर्गन्धित भएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल अन्ततः अब बिदामा बस्ने भएका छन् । चौतर्फी दवाव र नैतिकताको प्रश्न उठेपनि लाचार भएर पदमा टासिरहेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमाल अन्ततः कार्यकाल सकिनु एक साता अघिदेखि बिदामा बस्ने तयारी गरेका छन् । स्रोतका अनुसार हमाल यही पुस १३ गतेदेखि बिदामा बस्दैछन् ।
तर, उनी इमान्दार बनेर र नैतिक रुपमा लाज लागेर बिदामा बस्न लागेका भने होइनन् । यही पुस १० गतेदेखि निर्वाचन आचार संहित लागू हुने भएकोले अब सेबोनबाट महत्वपूर्ण निर्णयहरु गर्न नपाइने भएकोले उनी बिदामा बस्न लागेका हुन् । विदेशमा जग्गा जमिनको व्यापार गर्ने नेपालको लोकतान्त्रिक आन्दोलनमा मुन्टो लुकाएर भागेका हमालले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन असफल भएपछि अन्ततः हार मान्दै बिदामा बस्न लागेका हुन् ।
बोर्ड स्रोतका अनुसार महत्वपूर्ण निर्णयहरु गर्न नपाउने भएका कारण उनी बिदामा बस्न लागेका हुन् । व्यापारबाट बार्षिक करोडौं रुपैयाँ कमाउने हमाल बोर्डमा मासिक ७७ हजार तलव पाउने पदमा जागिर खान गएका थिए । उनी आफै अर्बपति भएपनि माफियाका लागि भरिया बनेर बोर्डमा छिरेका थिए । त्यसो त उनी आफै पनि माफिया हुन् । उनले नेपालमा विभिन्न बैंकहरुलाई प्रयोग गरेर काभ्रेमा दुषित थानी चेन होटल खोल्न सफल भएका छन् ।
हमालले नेपाली शेयर बजारलाई अबको केही वर्ष माफिया र ठूला लगानीकर्ताहरुले चलखेल गर्न पाउने गरी प्रिमियिम आईपिओ, बुक बिल्डिङ आईपिओ जस्ता विवादित निर्णय गरेर थिए । उनको कार्यकालमा ब्रोकरलाई लाइसेन्स दिने निर्णय भने राम्रो काम भएको थियो ।