हकप्रद निष्काशनको प्रस्तावसहित राप्ती हाइड्रो एण्ड जनरलले डाक्यो साधारणसभा
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते आइतबार नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा दिउँसो साढे २ बजेदेखि सभा बोलाएको हो ।
कम्पनीले उक्त सभामा हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव अघि सारेको छ । त्यस्तै, सभाले चालु आवका लागि लेखा परीक्षक नियुक्त गर्ने, स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन तथा सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकहरुको निर्वाचन गर्नेछ ।
त्यसैगरी, सभाले आव ०७७।७८, ०७८।७९ र ०७९।८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, नियुक्त लेखा परीक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अनुसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन योग्य हुनेछन् ।