नेपालकै दोस्रो ठूलो सबस्टेसन सञ्चालनमा, प्रधानमन्त्री प्रचण्डले गरे उदघाटन

६ पुष २०८०, शुक्रबार १५:१७

काठमाडौं । नेपाल कै दोस्रो ठूलो ४०० केभी क्षमताको इनरुवा सबस्टेसन सञ्चालनमा आएको छ । सुनसरीको भोक्राहामा निर्मित ४०० केभी क्षमताको इनरूवा सबस्टेसनको प्रधानमन्त्री प्रचण्डले औपचारिक उदघाटन गरेका छन् ।

यो उदघाटनसँगै ग्यास इन्सुलेटेड प्रणाली जीआईएसमा आधारित स्वचालित सबस्टेसन सञ्चालनमा आएको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार यो सबस्टेसनमा ४ सय केभी क्षमताको विद्युत विभिन्न माध्यमबाट जोडिने र त्यसलाई २२० केभीमा झारिनेछ ।

त्यसमा कयौं स्थानबाट पावरहरू जोडिने बताइएको छ । इनरुवामा ४०० सय र २२० केभीका दुई वटा सबस्टेसन निर्माण भएका छन् । राष्ट्रिय विद्युत् विकास दशक कार्यक्रमअन्तर्गत नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा हेटौंडा, ढल्केबर इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाबाट ४०० केभीको सबस्टेसन निर्माण गरिएको हो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलियत पूर्ण ऋणमा नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनावाट २२०/१३२/३३ केभीको सबस्टेसन निर्माण गरिएको र ४०० र २०० केभी सबस्टेसनको लागत करिब तीन अर्ब ८३ करोड रुपैयाँ छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*