विभिन्न बहानामा विद्यार्थीलाई स्कुल ड्रेसभन्दा फरक लुगा किन्न लगाउने स्कुललाई दण्ड गर्ने महानगरको चेतावनी

६ पुष २०८०, शुक्रबार १०:४९

कमाठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित विद्यालयहरुलाई विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेकामा कानून बमोजिमको दण्ड सजाय दिने चेतावनी दिएको छ ।

काठमाडौं महानगरको शिक्षा विभागले महानगरभित्र सञ्चालित सबै विद्यालयका नाममा परिपत्र जारी गर्दै विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न बाध्य नगर्न भनेको छ ।

यो परिपत्रपछि पनि त्यस्तो गरेको पाइए काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ र प्रचलित कानूनबमोजिम दण्ड सजाय गर्ने चेतावनी महानगरले दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*