सामाजिक सुरक्षा कोषले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)

६ पुष २०८०, शुक्रबार ०९:३७

काठमाडौं । सामाजिक सुरक्षा कोषले लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त आह्वान गरेको छ । सहायक कम्प्युटर अपरेटरदेखि उप निर्देशकसम्म विभिन्न पदमा अनलाइन दरखास्त प्रणालीमार्फत कोषले आवेदन माग गरेको हो ।

प्राविधिक र अप्राविधिक दुबै समूहमा खुला र समावेशी गरेर ५१ जनाका लागि दरखास्त माग गरिएको छ । दरखास्त दिने अन्तिम मिति पुस २६ सम्म तोकिएको छ भने दोब्बर दस्तुरमा माग ४ गतेसम्म आवेदन भर्न सकिने बताइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*