धितोपत्र बोर्डका सञ्चालकहरु किनबेचको खेल सुरु, पोखरा पुगेका महासंघका उपाध्यक्ष सुर कृष्ण बैद्य बिमानस्थलबाटै फर्किए

५ पुष २०८०, बिहीबार २२:३६

काठमाडौं । कुनै समय थियो नेपालका सांसदहरु नै किनबेच हुन्थ्ये । सरकार ढाल्न विपक्षीले कुन सांसदलाई खरिद गरेर कुन होटलमा राखेर भोलिपल्ट मतदानको बेला टुप्लुक्क प्रतिनिधि सभाको हलमा पुर्याउँथे टुंगो हुदैनथ्यो । अहिले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रकरणमा नेपाल धितोपत्र बोर्डका सञ्चालकहरु माल बढाबढमा किनबेच हुन थालेका छन् ।

धितोपत्र बोर्डको हिजोको बैठक बहिस्कार गरेका उद्योग बाणिज्य महासंघका प्रतिनिधि सञ्चालक सुरकृष्ण बैद्य पोखरा पुगेकोमा विमानस्थलबाटै साँझ ७ बजेको उडानबाट काठमाडौं फर्किएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष बैद्य पोखरा पुग्ने वित्तिकै काठमाडौं फर्कनुमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि बिक्री भएको आशंका गरिएको छ । यद्यपि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले भोलि विहान बोर्ड बैठक राखेका छन् । हिजोको बैठकमा घुस सेटिङमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको भन्दै बैठक बहिस्कार गरेका सञ्चालक सुरकृष्ण बैद्य आज एकाएक पोखरा विमानस्थलबाट काठमाडौं फर्कनुमा उनी बिक्री भएको चर्चा बिहिवार अर्थमन्त्रालयमा चलेको छ । स्रोतका अनुसार सुरकृष्ण बैद्य आफै पर्याप्त सम्पत्ति भएका व्यक्ति हुन्, पैसा कमाउन घुस खानुपर्ने व्यक्ति होइनन् । तर, आज दिउँसोसम्म धितोपत्र बोर्ड बैठकमा सहभागी नहुने भनेका बैद्य पोखराविमानस्थल पुगेपछि घुस सेटिङमा परेको आशंका गरिएको हो ।

उता, अन्य दुई सञ्चालकहरुको भूमिका समेत शंकास्पद देखिएको छ । कानुन मन्त्रालयमा सहभागी सह सचिव हुम बहादुर केसी र बिज्ञ सञ्चालक भोलानाथ ढुंगानाको पनि बोली फेरिएको चर्चा बिहिवार अर्थ मन्त्रालयमा चलेको छ ।

एक अर्बभन्दा बढि रकम घुस सेटिङमा हुन नयाँ स्टक एक्सचेन्जको लाइसेन्स काण्ड अख्तियारको कडा निगरामी परिहेको काण्ड हो । नयाँ स्टक एक्सचेन्ज काण्डमा संलग्नहरु भविष्यमा कुनै पनि जेल जानसक्ने भएकोले पनि सञ्चालकहरु डराइरहेका देखिएका छन् । यतिबेला सञ्चालकहरु दह्रो चेपुवामा परेका छन् । हमालले सबै अस्त्र प्रयोग गर्दै तीव्र दवाव दिएसँगै सञ्चालकहरु तनावमा परेको देखिएको छ ।

२०४६ देखि २०५८ जेठ ८ गतेसम्म चलेको बहुदलीय संसदीय व्यवस्थामा सांसद किनबेचको रोमाञ्चक दृष्य भोलि नेपाल धितोपत्र बोर्डको बैठकमा देख्न पाइने भएको छ ।

उता, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण बैद्यले भने आफू काठमाडौं नफर्केको बरु भोलि विहानै स्याङ्जा जान लागेको बीमापोष्टलाई बताए । बीमापोष्टलाई प्राप्त सूचनामा उनी ७ बजे काठमाडौं उत्रिएका छन् । उनले भोलि जुमबाट बैठकमा सहभागी हुनसक्ने भन्दै भोलिको बैठकमा सहभागी हुन लागेको स्वीकार गरेका छन् ।

स्मरणरहाेस्, प्रम प्रचण्ड नयाँ स्टक एक्सचेन्जकाे नयाँ लाइसेन्स दिने पक्षमा छैनन् । भ्रष्टाचारीका बिरूद्दमा कडा रूपमा प्रस्तुत हुँदै आएका प्रचण्डले मन्त्रिपरिषदबाट फुकुुवा हुने सम्भावना छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*