जीवन बीमा कम्पनीले बढाए शेयर बजारमा लगानी विस्तार, सेयर र डिबेन्चरमा ८८ अर्ब रुपैयाँ लगानी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीले सेयर र डिबेन्चरमा लगानी बढाएका छन् ।चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले सेयर र डिबेन्चरमा ८८ अर्ब रुपैयाँ लगानी गरेका हुन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ७८ अर्ब लगानी गरेका थिए । गत आर्थिक बर्षको तुलनामा जीवन बीमा कम्पनीहरुले शेयर बजारमा लगानी विस्तार सुरु गरेको छ।
प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले कुल ६ खर्ब १२ अर्ब रकममध्ये ८८ अर्ब ४१ करोड रुपैयाँ सो क्षेत्रमा लगानी गरेका हुन् ।बीमा कम्पनीहरुले (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाको सेयर र डिबेन्चरमा ४२ अर्ब रुपैयाँ लगानी गर्दा त्यसबाहेकका सूचीकृत कम्पनीका ऋणपत्रमा २१ अर्ब रुपैयाँ लगानी गरेका छन् ।
यस्तै जीवन बीमा कम्पनीहरुले पब्लिक कम्पनीको साधारण सेयरमा १० अर्ब रुपैयाँ लगानी गर्दा अन्य कम्पनीको संस्थापक सेयरमा ९ अर्ब रुपैयाँ लगानी गरेका छन् ।
संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र तथा ऋणपत्रमा भने जीवन बीमा कम्पनीको ४ अर्ब रुपैयाँ लगानी भएको छ ।यसबाहेक जीवन बीमा कम्पनीहरुले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत नभएका कम्पनीको सेयरमा ३४ करोड रुपैयाँ लगानी गरेका छन् ।