माछापुच्छ्रे बैंकको सीईओमा सन्तोष कोइराला पुनः नियुक्त
५ पुष २०८०, बिहीबार १७:३५
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कोइराला पुनं नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको आज बसेको बैठकले कोइरालालाई थप चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
साढे २ दशक भन्दा लामो अनुभव बटुली सकेका प्रमुख कार्यकारी अधिकृत कोइराला आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रुपमा चिनिने बैंकले उल्लेख गरेको छ ।
उनको पहिलो कार्याकालमा बैंकको वित्तिय सुचाकांकमा उल्लेख्य सुधार गर्दै डिजिटल प्रविधिमा फड्को मार्नुका साथै, संस्थागत सुशासनमा अव्वल सावित हुन सफल भएको बैंकले उल्लेख गरेको छ ।