सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत

५ पुष २०८०, बिहीबार १६:५७

काठमाडौं । सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यो निर्देशिका स्वीकृत गरेको हो ।

यस्तै, मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०७९, र राष्ट्रिय बालबालिका नीति, २०७९ पनि स्वीकृत भएको छ ।

मन्त्रिपरिषद बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख)को प्रयोजनका लागि राष्ट्रिय जनगणना, २०७८ को कूल जनसंख्याको ०.५ (शून्य दशमलब पाँच) प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलितबाहेक)लाई अल्पसंख्यकको रुपमा तोक्ने निर्णय समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*