पत्रकार पौडेल उद्योग वाणिज्य महासंघको रोजगार समिति सदस्य मनोनीत
५ पुष २०८०, बिहीबार १५:५१
काठमाडौं । पत्रकार तथा सञ्चार उद्यमी नारायण प्रसाद पौडेल उद्योग वाणिज्य महासंघको शिक्षा सीप विकास तथा रोजगार समिति सदस्यमा मनोनीत भएका छन् ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले संघीय संरचना अनुरुप गठित समितिलाई विस्तार एवं पूर्णता दिने क्रममा गोपाल खनाल नेतृत्वको शिक्षा सीप विकास तथा रोजगार समितिको सदस्यमा पौडेललाई मनोनीत गरेका हुन् ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल आफैंले पौडेललाई मनोनीत गरेको पत्र समेत प्रदान गरेका छन्। पौडेल सिंहदरबार डटकमका अध्यक्ष एवं सम्पादक हुन् ।
त्यस्तै महासंघको कोशी प्रदेशले शिक्षा तथा सूचना समितिमा विवेक मिश्रलाई मनोनयन गरेको छ। उनलाई कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मनोनीत गरिएको पत्र प्रदान गरेका हुन्।