एमडिआरटीको टार्गेट पुराउने अन्तिम तयारीमा बीमा अभिकर्ता, ११ दिनमात्रै बाँकी हुँदा दौडधुपमा
काठमाडौं । बीमा अभिकर्ताहरुको महाकुम्भ मेला एमडिआरटीको टार्गेट पुराउने अन्तिम तयारीमा रहेको छ । हरेक बर्ष बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ कम्तीमा एमडिआरटी बन्ने । सो सपना साकार गर्नको लागि असार मसान्तको चटारो झै अभिकर्तालाई डिसेम्वरको चटारोले पिरोलिरहेको छ ।
जीवन बीमा पेशामा आवद्ध बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी व्यक्तित्व विकास, क्षमता विकास हौसलाको माध्यम हो । त्यसैले पनि धेरै बीमा अभिकर्ताहरुले एमडिआरटी २०२३ बन्नै पर्नै दवाव र तनावमा रहेका छन् ।
सन् २०२३ भित्रमा तोकिएको बीमा शुल्क (एकल बाहेक) आम्दानी गर्ने बीमा अभिकर्ताहरु एमडिआरटी, सिओटी र टिओटी बन्न पाउनेछन् ।
हरेक वर्षको जनवरी १ देखि डिसेम्वर ३० सम्ममा तोकिएको प्रथम बीमा शुल्क संकलन गर्न सफल भएमा र आफू सम्बद्ध बीमा कम्पनीले अनुमति दिएपछि मात्रै एमडिआरटीमा आवेदन दिन पाइन्छ ।
एमडिआरटी, सिओटी र टिओटी लक्ष्यका चुम्ने यस वर्षको सपना पूरा गर्ने अन्तिम समय अब धेरै बाँकी छैन । आज डिसेम्वर ३१ सम्म मात्रैको यस वर्ष गणना हुन्छ । त्यसैले आजबाट अब मात्रै ११ दिन बाँकी रहेको छ । जीवन बीमा कम्पनीमा कार्यरत एक लाख भन्दा बढि सक्रिय अभिकर्ताहरु एमडिआरटीको टार्गेट पुर्याउन दौडधुपमा लागेका छन् ।
यस वर्षको एमडिआरटी लक्ष्य पुर्याउन चार दिन बाँकी रहँँदा नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीमा कार्यरत ५० हजार भन्दा बढि सक्रिय अभिकर्ताहरु एमडिआरटीको टार्गेट पुर्याउने दवावमा रहेका छन् ।
अन्तिम समय आइसकेको र डिसेम्वर ३० शनिवार र ३१ गते शनिबार तमु ल्होसार परेकोले दुई सार्वनिक बिदा परेका छन् । त्यसैले यस वर्षको एमडिआरटीहरुले आगामी डिसेम्बर २९ अर्थात् शुक्रबार नै बीमा पोलिसी काटिसक्नुपर्नेछ ।
उता, यसअघि नै एमडिआरटीको लक्ष्य पुर्याई सुरक्षित भइसकेकाहरु २०२४ को जनवरी १ देखि नयाँ व्यवसायको भेला पारेर सुरुमै एमडिआरटी बन्ने दौडमा समेत देखिएका छन् ।
जीवन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म भएकोले एमडिआरटी, सिओटी र टिओटीलाई सफल र दक्षतायुक्त बीमा अभिकर्ता मानिने भएकोले पनि जीवन बीमा अभिकर्ताहरु सक्रिय रुपमा लागेको देखिन्छ ।
त्यसो त हजारौं एजेन्सी तथा अभिकर्ताहरु यसअघि नै एमडिआरटी, सयौं सिओटी र टिओटीमा क्वाईलिफाईड भइसकेका छन् । तर त्यसको मान्यता एक वर्षका लागि मात्रै हुन्छ । उक्त लक्ष्य चुम्न बाँकी र केही नपुग भएका अभिकर्ताहरु निकै कडा मेहनत साथ लक्ष्यका लागि दौडिरहेका छन् ।
एमडिआरटीमा टार्गेट पुर्याउने अन्तिम समय आउन जम्मा ११ दिन बाँकी छँदा अभिकर्ता तथा एजेन्सीहरु एमडिआरटीको दवावमा परेका हुन् ।
जीवन बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा हरेक अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्वर अन्तिम ३१ सम्म तोकिएको बीमा शुल्क ३० लाख १२ हजार रुपैयाँ संकलन गर्ने अभिकर्ताहरु उक्त सम्मेलनमा भाग लिन पाउनेछन् । मिलियन डलर राउण्ड टेवल अर्थात एमडिआरटी नाम दिइएको सो सम्मेलन हरेक वर्ष फरक फरक देशमा कार्यक्रम आयोजना गरिन्छ ।
अमेरिकाको चिकागोमा मुख्यालय रहेको एमडिआरटीमा क्वालिफाईड भएपछि उसले अर्को वर्ष आयोजना गर्ने सम्मेलनमा भाग लिन पाउने व्यवस्था छ । सन् २०२३ मा एमडिआरटी लक्ष्य पुरा गर्नेहरुले एमडिआरटी २४ का लागि क्वालिफाइ हुनेछन् । एमडिआरटीमा क्वालिफाईड हुनको लागि ४१ लाख ७१ हजार रुपैयाँ बीमा शुल्क संकलन गर्नुपर्ने व्यवस्था रहेको छ ।