सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारको अवसर
४ पुष २०८०, बुधबार १०:५२
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले नेपालगञ्ज ब्रान्च, बाँकेको अफिसर÷सिनियर अफिसर तथा असिस्टेन्ट मेनेजर श्रेणीमा एक जना कर्मचारी माग गरेको हो ।
यसमा आवेदन दिनका लागि मास्टर डिग्री गरेको हुनुपर्नेछ । साथै, सम्बन्धित क्षेत्रमा कम्तिमा सात वर्षको कार्यानुभव भएको र उमेरको हकमा ४० वर्ष नकटेको हुनुपर्ने बैंकले जनाएको छ ।
आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित पुस १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।