एनआईसी एशिया लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?

४ पुष २०८०, बुधबार ०९:२३

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले डीसीईओ र एसीईओ पदमा एक–एक जना कर्मचारी मागेको हो ।

नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का लागि व्यवस्थापन, अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी ५ वर्ष वा स्नातक तह उत्तीर्ण गरी ७ वर्ष लघुवित्तको व्यवस्थापकीय तहमा कार्य गरेको र सहायक प्रमुख अधिकृत (एसीईओ) का लागि सोही शैक्षिक योग्यतामा ३ वर्ष वा ५ वर्ष कार्य गरेको हुनुपर्नेछ ।

उमेरको हदमा भने ३५ वर्ष पुरा भई ४५ ननाघेको हुनुपर्नेछ । आवेदन दिन योग्य र इच्छुकले आवश्यक कागजातसहित पुस १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*