सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?
४ पुष २०८०, बुधबार ०६:३३
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ७८ हजार ८६५ कित्ता शेयर आज (पुस ४ गते) देखि बिक्री खुला गरेको हो ।
उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ। शेयर खरिद गर्न इच्छुक जो–कोहीले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी न्यूनतम ५ हजार र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्या र सोको मूल्यसमेत कबोल गरी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल, बबरमहल काठमाडौंमा पुस १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।