नेप्से बढेसँगै उत्पादन क्षेत्रका ७ मध्ये ६ कम्पनीको शेयरमा हरियाली, ४ कम्पनीमा सकारात्मक सर्किट (सूचीसहित)

३ पुष २०८०, मंगलवार १६:२६

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाउदा उत्पादन क्षेत्रका कम्पनीहरुको शेयरमूल्यमा उच्च अंकले बृद्धि भएको छ ।

कारोबारको अघिल्लो दिन ३८ अंकले बढेको नेप्से परिसूचक आज ४५ दशमलव ९८ अंकले बढेर २१०६ को विन्दुमा कायम भएको छ ।

मंगलबार उत्पादन तथा प्रशोधन क्षेत्रको उपसूचक ४ दशमलव ७४ प्रतिशत अर्थात २६३ अंकले बृद्धि भएर पाँच हजार ५९६ को विन्दुमा कायम भएको छ । यस क्षेत्रमा आज कारोबार भएका सात कम्पनीहरुमध्ये ६ कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । जसमा ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेप्से परिसूचक बढेसँगै सोनापुर मिनिरल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट इन्डिष्ट्री र बोटलर्स नेपाल (बालाजु) को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*