नेप्सेमा हरियाली छाउदा पनि ८७ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनले कति ?
३ पुष २०८०, मंगलवार १५:१४
काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाउदापनि कारोबार भएका कम्पनीहरुमध्ये ८७ वटाको शेयरमूल्य घटेको छ ।
कारोबारको अघिल्लो दिन ३८ अंकले बढेको नेप्से परिसूचक आज ४५ दशमलव ९८ अंकले बढेर २१०६ को विन्दुमा कायम भएको छ ।
शेयर बजार बढेतापनि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ७ दशमलव २६ प्रतिशतले सर्वाधिक घटेको छ । यसैगरी, माथिल्लो प्रभु बैंकको डिभेन्चर लगायतको शेयरमूल्य घटेको छ ।