नेप्से परिसूचक २१ सयको विन्दुमा पुगेसँगै ११ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

३ पुष २०८०, मंगलवार १५:०६

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । कारोबारको अघिल्लो दिन ३८ अंकले बढेको नेप्से परिसूचक आज ४५ दशमलव ९८ अंकले बढेर २१०६ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै मंगलबार कारोबार भएका कम्पनीहरु मध्ये ११ वटाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपालको शेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, उन्नति सहकार्य लघुवित्त, आजै मात्र लाभांश घोषणा गरेको शिवम् सिमेन्ट, नेपाल रिपब्लिक मिडिया, घोराही सिमेन्ट लगायतका कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*