एनसेलको लाइसेन्स खारेज गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी

३ पुष २०८०, मंगलवार १४:२९

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले शेयर खरिदविक्रीको जानकारी नदिएको भन्दै एनसेललाई खारेजीको चेतावनीसहितको चिठी पठाएको छ । पटक–पटकको पत्राचारलाई बेवास्ता गरेर टालटुले जवाफ दिएपछि कारबाहीको चेतावनीसहितको चिठी पठाएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए ।

उनले एनसेलको शेयर खरिदविक्रीको जानकारी तत्कालै नदिए कानूनअनुसार लाइसेन्स खारेजसम्मको कारबाही हुनसक्ने चेतावनी दिएको जानकारी दिए । यसअघि दुई पटक पत्राचार गर्दा एनसेल खरिदविक्रीबारे कुनै जानकारी नदिएको अध्यक्ष खनालले बताए । प्राधिकरणले पठाएको पत्रमा खरिदविक्रीको पादरर्शी जानकारी नआएकाले तेस्रो पटक पत्र पठाइएको हो ।

दूरसञ्चार ऐन, २०५३ को दफा १५ अनुसार प्राधिकरणले अनुमतिपत्र प्राप्त व्यक्तिले गरेको काम कारबाहीको विवरण तथा सञ्चालन गरेका दूरसञ्चार सेवासम्बन्धी आवश्यक विवरण माग गर्न सक्ने उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*