शिवम् सिमेन्टको लाभांश घोषणा, बोनस र नगद कति ?
३ पुष २०८०, मंगलवार १४:०२
शिवम् सिमेन्टले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४।२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्।