कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

३ पुष २०८०, मंगलवार ११:४०

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख नौ हजार ९६२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापकहरुलाई दिइएको थियो । तोकिएको समयभित्र शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।

सो शेयर खरिद गर्न इच्छुक जो–कोहीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल काठमाडौंमा वा बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा आवेदन दिनुपर्नेछ । शेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*