एनएमबि लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, के–के चाहिन्छ योग्यता?
३ पुष २०८०, मंगलवार ११:२२
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न प्रदेशमा काम गर्न २७ जना कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न प्रदेशमा सहायक प्रशिक्षार्थी पदमा काम गर्न आवेदन खुलाएको हो ।
यसका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट प्रविणता प्रमाण पत्र तह सा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, स्नातक तह उत्तीर्ण गरेको, सवारी अनुमति पत्र भएको र कम्प्युटरमा दक्ष उम्मेद्वारलाई प्राथमिकता दिईने कम्पनीले जनाएको छ । उमेरको हकमा भने १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाको हकमा भने माथिल्लो उमेरमा ५ वर्ष थप हुनेछ ।
आवेदन दिन योग्य र इच्छुक व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (पुस ३ गते) ले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।