हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, साधारणसभा कहिले?

३ पुष २०८०, मंगलवार १०:०४

काठमाडौं । हालै आईपीओ बिक्री गरेको हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २ गते बसेको १८६ औं बैठकले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले उक्त लाभांश पारित गर्न पुस २६ गते काठमाडौंमा बिहान १० बजेदेखि १५ औं वार्षिक साधारणसभा बोलाएको छ ।

यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले लाभांश वितरण तथा सभा प्रयोजनार्थ पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

hath

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*