वाणिज्य बैंकहरुले गरे एक महिनामै ७ अर्बमाथिको मुनाफा, कुनले कति? (तथ्यांक सहित)

२ पुष २०८०, सोमबार १८:४४

काठमाडौं । वाणिज्य बैंकहरुले कार्तिक एक महिनामा ७ अर्ब रुपैयाँभन्दा धेरै मुनाफा आर्जन गर्न सफल भएको छ। नेपाल राष्ट्र बैकले प्रकाशित गरेको मासिक विवरणमा बैंकहरुले कार्तिक महिनामा ७ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको देखिएको हो।

गत असोजसम्ममा बैंकहरुले कुल १३ अर्ब ४७ करोड रुपैयाँ नाफा कमाएका थिए। कार्तिक महिनामा यो बढेर २० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।

नविल बैंकले वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै नाफा कमाएको छ। बैंकले कार्तिकसम्ममा २ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको छ। असोजसम्ममा १ अर्ब ४६ करोड नाफा कमाएको बैंकले कार्तिकमा ७० करोड नाफा कमाएको हो।

यसैगरी ग्लोबल आइएमइ बैंकले कार्तिकसम्ममा १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत असोजसम्ममा १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएकोमा कार्तिक महिनामा मात्रै ७२ करोड रुपैयाँ नाफा कमाएको हो। यो बैंक नाफाको हिसामा दोस्रो स्थानमा छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कार्तिकसम्ममा १ अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएको छ भने प्राइम बेंकले १ अर्ब ५३ करोड, हिमालयन बैंकले एक अर्ब ५० करोड, एनआइसि एशिया बैंकले १ अर्ब ३७ करोड, एनएमबि बैंकले १ अर्ब २३ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड, एभरेष्ट बैंकले १ अर्ब ८ करोड र प्रभु बैंकले १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएका छन्।

यस बाहेकका अन्य बैंकको नाफा १ अर्ब रुपैयाँभन्दा कम छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*