बालेनलाई सुनाउँदै प्रधानमन्त्री प्रचण्डले भने-एक वर्ष सकियो, अर्को वर्ष नयाँ ढंगले काम गरेर देखाउँछु

२ पुष २०८०, सोमबार ११:४३

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अब अर्को वर्ष नयाँ ढंगले अघि बढ्ने सोंच बनाएको बताएका छन् । ललितपुर महानगरको १५औं वार्षिकात्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालको पहिलो वर्ष पूरा हुन लागेको र अब अर्को वर्ष नयाँ ढंगले काम गर्ने सोंच बनाएको बताएका हुन् ।

उनले भने, ‘मेरो यो कार्यकालको एक वर्ष पुग्दैछ । एक वर्षपछि म अर्को ढंगले काम गर्न चाहन्छु ।’ प्रदेश र स्थानीय तहलाई बलियो बनाउन संघीय निजामति ऐन ल्याउन लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सडकमा संविधान र गणतन्त्र विरोधी कुरा गरिनु ठीक नभएको बताए ।

उनले भने, ‘नेपालमा बसेर केही गर्नेलाई नै गाली गर्ने फेसन छ । यो बन्द गर्न संघीय शिक्षा ऐन ल्याउँदै छु । चाँडै विदेश मात्रै जाने मानसिकता तथा फेसन रोक्ने सोंच मेरो । नेपालमै बसेर केही गर्नेलाई अवसर नै अवसर छ । त्यो काम गर्न कै लागि मेरो नेतृत्वमा सरकार गठन भएको हो ।’

यस्तै, काठमाडौं महानगरका मेयर बालेन्द्र साहको नाम लिँदै प्रधानमन्त्री प्रचण्डले चाहे बाग्मती मिचेर बसेकालाई उठाउने कुरा होस् वा फोहोर व्यवस्थापन गर्ने सन्दर्भमा यो सरकारले गरेको सहयोगलाई स्वीकार्ने के ले रोक्यो ? भन्दै प्रश्न गरे । उनले कम्तिमा यो सरकारले गरेका सहयोग र पहल त रिकोग्नाइज गर्दिनु पर्ने भन्दै प्रधानमन्त्रीले गुनासो गरे ।

यस्तै, जलवायु परिवर्तनको विषय कोट्याउँदै प्रधानमन्त्री प्रचण्डले नेपालीले गल्ती गरेर जलवायु परिवर्तन भएको होइन, भने । उनले भने, ‘धनी राष्ट्रले गरेको गल्तीको परिणाम हामी भोग्दै छौँ । मैले यो कुरा राष्ट्र संघको महासभामा पनि खुलेर भनेको छुँ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*