गुहेश्वरी मर्चेन्ट बैंकिङले लाभांश वितरण नगर्ने
२ पुष २०८०, सोमबार ११:४४
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबार्ट लाभांश वितरण नगर्ने भएपछि लगानीकर्ताहरु निराश बनेका छन् ।
फाइनान्स कम्पनीको आज सोमबार बिहान साढे १० बजे बसेको सञ्चालक समिति बैंठकले लाभांश नदिने निर्णय गरेको हो । आर्थिक वर्ष २०७८(७९ को नाफाबाट यसले ७।३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।