रु रु जलविद्युत परियोजनाको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

२ पुष २०८०, सोमबार ११:१५

काठमाण्डौ । रु रु जलविद्युत परियोजना लिमीटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते बिहान १०ः३० बजे काठमाण्डौको नक्सालस्थित लिसरा रिसेप्सनमा आह्वान साधारण सभा आह्वान गरेको हो ।

बैठकले हाल कायम चुक्तापूँजीको कर प्रयोजनसहित १०।५२६३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ । परियोजनाको पुस १ गते आइतबारका दिन अपरान्ह ४ः३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको १८ औं वार्षिक साधारणसभा गर्नेसहित लाभांश वितरण लगायतका विषयमा समेत निर्णय गरेको हो ।

साधारणसभा प्रयोजनका लागि पुस १७ गते मंगलबारका दिन कम्पनीको सेयरधनी दर्ता किताब बन्द रहने निर्णय समेत गरिएको छ । जसअनुसार कम्पनीबाट घोषित लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पुस १६ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*