प्रभु महालक्ष्मी लाइफले चुक्ता पूँजी पुर्याउन १७ प्रतिशत हकप्रद जारी गर्ने
२ पुष २०८०, सोमबार १०:३०
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पूँजी पुर्याउन हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। हाल ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी, हकप्रद शेयर निष्काशनपश्चात ५ अर्ब नाघ्नेछ।
नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्याउन इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्न लागेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ।
pli