मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि साढे १२ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने

५ श्रावण २०७८, मंगलवार १७:५२

काठमाडौं । मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

जसमध्ये ५ लाख कित्ता सर्वसाधारणको लागि र बाँकी रहेको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।

बैंकले ७ वर्षे अवधि रहेको वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदर पाइने ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमा इच्छुक लगानीकर्ताले सो ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम ५ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्र खरीदका लागि छिटोमा साउन ११ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा साउन २१ गतेसम्म ऋणपत्र अवधि लम्बिने बैंकले जानकारी गराएको छ ।

उक्त ऋणपत्र खरीदका लागि विक्री प्रबन्धक सानिमा क्यापिटलसँगै आस्बा सेवामा सहभागि सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*