नयाँ स्टक एक्सचेन्जमा प्रचण्डलाई अख्तियार पुर्याउने योजना, अडियो रेकर्डपछि गगन थापा समुह हौसिदै

१ पुष २०८०, आईतवार २२:५२

काठमाडौं । यतिबेला नयाँ स्टक एक्सचेन्जको दिने विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेको छ । नेपाल धितोपत्र बोर्डले अर्थ समितिको हवाला दिँदै अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पत्र लेखेपछि कांग्रेसभित्रैका गगन थापा समुह भने प्रधानमन्त्री प्रचण्डलाई अख्तियार लगाउने तयारी भित्रभित्रै अघि बढेको छ ।

कांग्रेसभित्र देउवाले गर्ने सेटिङका विरुद्धमा सशक्त प्रतिवाद गर्दै आइरहेका गगन थापाले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स काण्डमा रेकर्ड गरिएको एउटा अडियोले प्रधानमन्त्री प्रचण्डलाई विगतका भुपु प्रमलाई झै अख्तियार लगाएर बयान लिन सकिने र उस्तै परे मुद्दा लगाउन सकिने भन्दै हौसिएका छन् ।

खासमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिन खोजेका तत्वहरुले गगन थापाको एउटा समुहसँग डिल गर्दा प्रम प्रचण्डको नामसहित घुस रकम व्यवस्थापन गरिसकेको र अब कांग्रेसभित्रको फरक धार भएकोले गगनलाई व्यवस्थापन गर्न बाँकी रहेको संवादको अडियो रहेको बताइन्छ । प्रम प्रचण्डकी छोरी गंगा दाहालले रकम लिइसकेको अडियो पाएपछि सो समुहले प्रधानमन्त्री प्रचण्डलाई स्टक एक्सचेन्जकै लाइसेन्समा नराम्ररी फसाउने दाउ चाल्ने तयारीमा सो समुह रहेको बताइन्छ ।

नयाँ स्टक एक्सचेन्ज करिब पाँच अर्बमा सेटि हुन लागेको पुरानै काण्ड हो । सो काण्डको लागि यसअघिका प्रधानमन्त्री शेर बहादुर देउवाले समेत घुस सेटिङ मिलाइसकेका थिए । पूर्ववर्ती सरकारले पाँच अर्बभन्दा बढि घुस सेटिङमा गर्न लागेको सो काण्ड प्रधानमन्त्री प्रचण्डले अघि बढाउन नहुने भन्दै पार्टीभित्र पनि कुरा उठिरहेको छ । भ्रष्टाचार नै भ्रष्टाचारमा डुबेको नयाँ स्टक एक्सचेन्जमा हात हालेर प्रधानमन्त्री प्रचण्डले आफैले आफैलाई दुर्गन्धित किन पार्न चाहन्छन् ? बुझ्न सकिएको छैन ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न गत बिहिबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री प्रचण्ड आफैले प्रस्ताव अघि बढाउन खोजेको र केही मन्त्रिहरुको विरोधका कारण रोकिएको थियो । सत्ता गबन्धनभित्रैका जिम्मेवार नेताहरुको तयारीबारे सूचना थाहा नपाउँदा प्रम प्रचण्ड अप्ठेरो अवस्थामा पर्न सक्ने देखिएको छ । मन्त्रिपरिषदबाट नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने निर्णय हुने वित्तिकै प्रम प्रचण्डका विरुद्धमा अडियो रेकर्डसहित अख्यितारमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छन् ।

यद्यपि मन्त्रिपरिषदबाट भएका निर्णयहरुका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गरेकै भरमा कुनै कारवाही हुँदैन । तर, विगतमा माधव कुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्रीकै हैसियतमा गरेको बालुवाटार काण्डमा बयान दिए झै बयान दिनुपर्ने अवस्था आएमा भने प्रचण्डले भविष्यमा कुनै पनि दिन नाइ भन्न मिल्नै छैन ।

स्मरणरहोस्, कांग्रेसका महामन्त्री गगन थापाले केही दिन पहिले आगामी निर्वाचन कांग्रेस एक्लै लड्ने र काम गर्न नसक्ने भए प्रधानमन्त्री प्रचण्डलाई हटाउनु पर्ने अभिव्यक्ति दिएका थिए । महामन्त्री थापाको समुहले प्रम प्रचण्डका विरुद्धमा गतिलो हतियार फेला पार्ने वित्तिकै कडा प्रहार गर्ने तयारी गरिरहेको सन्दर्भमा मन्त्रिपरिषदमा पुगेको स्टक एक्सचेन्ज काण्ड कतै २०६५ को रुक्माङ्गत काण्ड जस्तै त हुने होइन ? आशंका उब्जिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*