विदेशमा ज्यान गुमाएका चौधरीको परिवारलाई सूर्यज्योति लाइफको बीमा दावी भुक्तानी
१ पुष २०८०, आईतवार १५:४४
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका बीमितको परिवारलाई बीमा दावी वापतको रकम भुक्तानी गरेको हो ।
कम्पनीले स्वर्गिय बीमित दिल बहादुर चौधरीकी श्रीमती रमानी चौधरीलाई बीमा दावी वापतको १४ लाख रुपैयाको भुक्तानी गरेको छ । उक्त दावी वापतको चेक कम्पनीको गुलरिया शाखाबाट हस्तान्तरण भएको हो ।