१३ कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१ पुष २०८०, आईतवार १५:०६

काठमाडौं । कारोबार साताको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आइतबार शेयर बजार २७ दशमलव ७५ अंकले बढेर २०२२ दशमलव ३५ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएसँगै १३ कम्पनीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । आइतबार कारोबार भएका कम्पनीहरुमध्ये १८५ कम्पनीहरुको शेयरमा हरियाली छाएको छ ।

आइतबार बोटलर्स नेपाल, रिडी पावर कम्पनी, शिव श्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत लगायतका कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*