मदनांकिनी हाइड्रोपावरद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

१ पुष २०८०, आईतवार १३:२५

मदनांकिनी हाइड्रोपावरले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस ४।७५ प्रतिशत र कर प्रयोजनका लागि ०।२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले पु्स २९ गतेका लागि साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ । पुस १९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*