कार्यकाल दोहोर्याउने दाउमा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल
काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल दोस्रो कार्यकाल दोहोर्याउने दौडधुपमा लागिपरेका छन् । हमालले अर्थमन्त्री र प्रधानमन्त्री समक्ष आफूलाई बोर्डको अध्यक्षमै दोहो¥याइदिन पत्राचार गरेको स्रोतले जनाएको छ ।
उनीसँग बीमापोष्टले बुझन खोज्दा आफू दोहरिन लागेको बिषयमा भ्रम हो भन्ने प्रतिकृया दिएका छन् । तर दोस्रो कार्यकाल आधा गर्ने मनसायमा उनी भित्रभित्रै काम गरिरहेको सूचना प्राप्त भएका छ ।
‘यस्तो विषाक्त वातावरणमा बसेर काम गर्न गाह्रो त छ,’ हमालले भने, ‘तर पनि केही काम गर्न बाँकी नै छ । मैले सोचेका कामहरु केही अपूरा नै रहेका छन् । ती बिषयहरु सम्पन्न गर्न पाए मेरो कार्यकाल सफल हुनेछ’ उनले भने ।
अब केहीदिन बाँकी रहेको हमाल नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज ल्याउने प्रयास गरिरहेका छन् । सम्भवतः बाँकी रहेको भनिएका काम यिनै हुन सक्छन् । तर नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज ल्याउने विषय विवादित बनिरहेको छ ।
त्यस्तै, हमालले प्रस्ताव गरेको ब्रोकरको कमिसन घटाउने र साना कम्पनीहरूको अलग्गै कारोबार प्रणाली विकास गर्ने लगायत काम प्रक्रियामै रहेका छन् । उल्लेखित कामहरु राम्रो गर्ने भन्दै हमालले पुनः दोस्रो कार्यकालको लबिङ गरिरहेका हुन् ।
धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानालाई सर्वोत्तम सिमेन्ट प्रकरणमा सरकारले बर्खास्त गरेपछि हमाल अध्यक्षमा नियुक्त भएका थिए । २०७६ पुस २१ गते सरकारले ढुंगानालाई नियुक्त गरेको थियो । चारवर्षे कार्यकाल नसकिँदै ढुंगानालाई बर्खास्त गरेपछि बाँकी कार्यकालका लागि हमालको नियुक्ति भएकोले उनको पदावधी यही पुस १९ गतेबाट सकिदैछ ।
उनले आफना कार्यकालमा कुनै गलत कार्य गरेँछु भने आफू टुँडिखेलमा गएर फाँसी लगाउन समेत तयार रहेको सार्वजनिक अभिव्यक्ति समेत दिएका छन् । करप्सनको बिषयबाट आफू टाढै रहेको बताँउदै आएका हमाललाई पछिल्लो समय आम लगानीकर्ता र बिश्लेषकहरुले शंकाको घेरामा राखेर हेर्न थालेका छन् । आफनो कार्यकाल भ्रष्टाचाररहित बिदा हुने आश बोकेका हमालमाथि अख्तियारदेखि सर्वत्र मुद्दाको चाङ लागेका छन् ।
धितोपत्र ऐन २०६३ ले अध्यक्षको कार्यकाल चार वर्षको हुने र सरकारले चाहेमा एउटा कार्यकाल सम्पन्न गरेको व्यक्तिलाई पुनः एक पटकलाई चार वर्षको कार्यकाल थप्न सकिने व्यवस्था गरेको छ ।
पूर्ण कार्यकाल पनि नपाएको कारण आफूलाई दोहो¥याइ दिन हमालले अर्थमन्त्री र प्रधानमन्त्रीलाई पत्राचार गरेर आग्रह गरेको स्रोतको दाबी रहेको छ । नीतिगत रुपमा पत्राचार गरेकै भरमा सरकारले सिधैं नियुक्त गर्न सक्दैछ । नेपालको वर्तमान प्रचलित कानुन बमोजिम अर्थमन्त्रालयको टिप्पणी उठाई अर्थमन्त्री समेतले सदर गरी कार्यकाल थप गर्न बाञ्छनिय भएको भन्ने प्रतिवेदनका आधारमा मन्त्रिपरिषदको बैठकबाट पारित भएपछि मात्रै उनको कार्य पुनः थप हुन सक्नेछ।