नेपाल लाइफको ताप्लेजुङ शाखाद्वारा बीमा दावी भुक्तानी

१ पुष २०८०, आईतवार १२:०४

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको ताप्लेजुङ शाखाले बीमित राजकुमार तामाङको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेका हो ।

कम्पनीको ताप्लेजुङ शाखा प्रमुख हिमाल राईले एक कार्यक्रमकाबीच मृतक तामाङकी धर्म पत्नी सोममाया तामाङलाई १० लाख रुपैयाँ बीमाङ्क रकम र बोनसबापतको रकम प्रदान गरेका हुन् । स्थाई ठेगाना आठराई त्रिवेणी ५ का तामाङले तीन वर्ष अगाडी १० लाख रुपैयाँ बीमाङ्कको जीवन साहारा जीवन बीमाु पोलिसी खरिद गरेका थिए । तामाङको गएको असोजमा निधन भएको थियो ।

पोलिसीमा भएको व्यवस्था बमोजिम मृतकको परिवारलाई बीमाङ्क रकम र आर्जित बोनस सहित एकमुष्ठ रकम भुक्तानी गरिएको शाखा प्रमुख राईले जानकारी दिए । दाबी भुक्तानी कार्यक्रममा शाखा प्रमुख राई सहित अभिकर्ता लिला प्रसाद पौडेल लगायतको उपस्थित रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*