कहिले हुदैछ बुटवल र हिमालयन पावरको बुकक्लोज ?

१ पुष २०८०, आईतवार ११:५३

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेका छन् । कम्पनीहरुले साधारण सभा प्रयोजनको लागि बुकक्लोजको मिति तय गरेका हुन् ।

बुटवल पावर कम्पनीले आफ्नो ३१औं वार्षिक साधारण सभा प्रयोजनको लागि यहि पुस महिनाको १९ गतेदेखि २९ गतेसम्म बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले लाभांश प्रस्तावसहित पुस २९ गते कार्की ब्याङक्वेटमा साभारण सभा आह्वान गरेको हो ।

त्यस्तै, हिमालयन पावर पार्टनर लिमिटेडले आफ्नो ५८औं वार्षिक साधारण सभा प्रयोजनको लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको निर्णयले सभा प्रयोजनार्थ यहि महिनाको १२ गते एक दिनको लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*