बीमितको घरमै पुगेर एशियन लाइफद्वारा बीमा दावी भुक्तानी

१ पुष २०८०, आईतवार ११:३०

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको दमक शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई घर दैलोमा पुगेर मृत्युदाबी वापतको १० लाख ६४ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

कमल गाउँपालिका वाड नं २ सुनारा झापा बस्ने श्रीमती युवा माया भुजेलको श्रीमान एवम यस कम्पनीका बीमित धन बहादुर तामाङ्गको भदौ १६ गते अचानक बिरामी भइ उपचारको क्रममा ३५ वर्षको अल्पायुमा मृत्यु भएकोले उनको श्रीमती युवा माया भुजेललाई बीमा दावीको रकमको चेक कोशी प्रदेशका उप क्षेत्रीय प्रवन्धक शान्तिराम निरौलाले हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा शाखाका शाखा प्रवन्धक तथा कोशी प्रदेशका उप क्षेत्रीय प्रवन्धक शान्तिराम निरौलाले बीमाको महत्त्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा मानब जिवन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भविस्य निश्चित गर्नको लागि बीमा अतिनै आवश्यक रहेको, बीमितहरुले छिटो छरितो र सरल तरिकाले मृत्यु दावी भुक्तानी पाउने गरेको र बीमा भविस्यको लागि आर्थिक सहारा हुने भन्दै सम्पूर्ण उपस्थितलाई बीमा गर्नुपर्ने धारणा व्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*