एनएमबि बैंकद्वारा २८औं वार्षिक साधारण सभा आह्वान, बुकक्लोज कहिले ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सो सभा पुस २६ गते, बिहीबार, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा २८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा बिहान १० बजे शुरु हुनेछ् ।
उक्त सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लागयतका प्रस्तावहरु पारित गर्नेछ । बैंकले लगानीकर्ताहरुलाई कुनै पनि प्रकारको लाभांश प्रस्ताव गरेको छैन् ।
बैंकले साधारण सभा प्रयोजनार्थ पुस ६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार पुस ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।