शिक्षकबाट जीवन बीमा अभिकर्ता बनेकी सुनिताको पाइला प्रगतिपथमा, ‘हरेक नागरिकको बीमा जरुरी छ’

३० मंसिर २०८०, शनिबार २२:११

बीमा अभिकर्ता पेशा आफैमा प्राविधिक र बहुआयामिक पेशा हो । बीमितहरुको आर्थिक क्षमताको विश्लेषणदेखि बीमितहरुको आवश्यकता र चाहना अनि मनोभावनालाई बुझेर बीमा व्यवसाय भित्राएर त्यही व्यवसायबाट आउने स साना रकमबाट जीविकोपार्जन गर्नु वास्तवमै चुनौतिपूर्ण पेशा छ । तर, बीमा अभिकर्ता जस्तो चुनौतिपूर्ण पेशाभित्रै धेरै सफलता बीमा अभिकर्ता तथा एजेन्सीहरुले चुनौतिसँगै राम्रो आम्दानीको सम्भावना समेत देखेका छन् । त्यसैले कैयौं बीमा अभिकर्ताहरु यो पेशामा सफल भएर आफ्नो विगतलाई फर्केर हेर्न मनै नलाग्ने अवस्थामा समेत पुगेका छन् ।

यस्तै सफल मध्येकी एक हुन् सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकी सफल एवम् बहुआयामिक बीमा अभिकर्ता सुनिता थापा । स्थायी शिक्षको जागिरबाट बीमा अभिकर्ता पेशामा आबद्ध सुनिता थापाको दैनिकी अहिले बीमा परामर्शमा बित्ने गर्दछ । बि स २०६३ साल देखी बडैया ताल गा पा ८, बर्दिया जीवन बीमा अभिकर्ता पेशामा प्रवेश गरेकी थापा हाल सिटिजन लाइफको एजेन्सी म्यानेजर भएर बीमा क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेकी छिन् । बडैया ताल गा पा ८, बर्दियामा रहेको रिभर क्विन बोर्डिङ स्कुलबाट शिक्षण पेशाबाट जागिरे जिबन सुरु गरेकी सुनिता हाल सिटिजन लाइफमा पूर्ण रुपमा एजेन्सी म्यानेनजरको रुपमा व्यवसाय र आफ्नो जीवन दुवै चम्काइरहेकी छिन् ।

 

२०७६ साल मङ्सिर महिनाबाट अभिकर्ताको रुपमा सिटिजन लाइफको दुलेगौंडा शाखाबाट बीमा क्षेत्रमा प्रबेश गरेको थापाले छोटो समयमा नै सफलता हात पार्न सफल भएकी छिन् । १३६ जना अभिकर्ताको टिम जोडिएर काम गर्न सफल भएकी थापाले करिब ४ सय परिवार बीमाको माध्यमबाट आफु र आफ्नो परिवारलाई सुरक्षित बनाउन सफल हुँदा गौरवान्वित महसुस गरेको सुनाइछिन् ।
अभिकर्ता पेशामा प्रवेश गरेपछि सुनिताको जीवनमा धेरै परिवर्तन आए । अभिकर्ता पेशामै जोडिएपछि पब्लिक रिलेशन बढ्यो, आम्दानीको क्षेत्र फराकिलो भयो, धेरै कुरा बुझ्न थालिन । जुनसुकै तह र तप्काका मानिसहरुसँग पनि जनसम्पर्क बढ्यो । जीवनमा कुनै पनि काम असम्भव भन्ने नै छैन् भन्ने सुत्र लिएर अघि बढ्ने उनी आफ्नै पौरख, मेहनत र संघर्षबाट मनग्य आम्दानी गर्न सफल भएकी छिन् । र, त आज सफल छिन् ।

बीमा अभिकर्ता बीमको तलबी कर्मचारी नभई बीमा कम्पनीको तर्फबाट कमिसनमा आधारित रही काम गर्ने ब्यक्ती भन्ने बुझिन्छ । तर, सुनिता थापा सरकारी काम कहिले जाला घामको ठीक विपरित मेरो कम्पनी, मेरो व्यवसाय, मेरो टिम भन्दै दिन रात खटिइरहेकी छिन् । जसको परिणाम कम्पनी र उनी आफू तथा टिमले समेत लिइरहेको छ ।

कम्पनीमा जोडिएदेखी कम्पनी को बिभिन्न तालिम , सेमिनार मा सहभागी आफ्नो क्षमता अभिबृद्धि गर्ने अवसर प्राप्त समेत भएको उनी सुनाउँछिन् । पुर्णकालिन रुपमा यो पेशा मा आबद्ध भएर नै घरखर्च धानिरहेकी उनी अरुलाई समेत यो पेशामा आवद्ध हुन प्रेरित गछिन् । बीमा अभिकर्ताको रुपमा अझ धेरै युवाहरुको खाँचो रहेको बताउँछिन् । एक बर्ष अघि मासिक रुपमा कमाउने रकम आज कर तिर्दै आइरहेको उनी सगौरव बताउँछिन्, ‘मेरो आम्दानी बराबर त अहिले कर नै तिर्छु भनेपछि मन बचन र कर्मले काम गरिरहेको छु’ । जस्ले एउटा राज्य को कर योग्य नागरिक हुनुमा गर्ब समेत प्रदान गरेकोमा उनी खुसी व्यक्त गछिन् ।

नयाँ युवा पुस्ताहरुलाई व्यक्तित्व विकास, क्षमता विकास र जनसम्पर्कका लागि पार्ट टाइम वा फूल टाइम बीमा अभिकर्ता भएर काम गर्न आह्वान गर्दछिन् । साथै जुनसुकै तहका नागरिकको पनि बीमा आवश्यक रहेको बताउँछन् । हरेक नागरिकको बीमा गर्नुपर्ने र त्यसको लागि स्थानीय सरकार र केन्द्र सरकारले सबैलाई प्रोत्साहन गर्नुपर्ने बताउँछिन् ।

 

One thought on “शिक्षकबाट जीवन बीमा अभिकर्ता बनेकी सुनिताको पाइला प्रगतिपथमा, ‘हरेक नागरिकको बीमा जरुरी छ’

  1. निर says:

    बोर्डिङ मा अध्यापन गराउने नि भन्या छ अनि स्थाइ जागीर नि भन्या छ। जे होस् अभिकर्ता काम पबित्र हो। अरु सफल बन्नु होला ।शुभकामना !

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*