पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको निर्णय, डिजेल र पेट्रोलको मूल्य अब कति ?

२९ मंसिर २०८०, शुक्रबार २१:५७

काठमाडौं । सरकारले आजै रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ ।

नेपाल आयल निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ३ रुपैयाँ र डिजेल।मट्टितेलमा प्रतिलिटर ३।३ रुपैयाँले घटाउने निर्णय गरेको छ । यससँगै राजधानी उपत्यकामा १७० रुपैयाँ रहेको पेट्रोलको मूल्य १६७ रुपैयाँमा कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर १५७ रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै नेपालमा पनि घटाउने सरकारले निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*