बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जर वापत सरकारलाई ११ अर्ब बुझाए, मुनाफा र लाभांशमा संकुचन

कर कार्यालय शनिवार पनि खुल्ला
२९ मंसिर २०८०, शुक्रबार १७:५९

काठमाडौं । बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जर बापतको ११ अर्ब ३ करोड रुपैयाँ राजस्व बुझाएको छ।बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीमा आज कर तिरेका हुन् ।

३० बीमा तथा बैंकले ११ अर्ब ३ करोड रुपैयाँ राजस्व बुझाईसकेको राजस्व कार्यालयका निर्देशक प्रकाश पौडेलले जानकारी दिएका छन् ।करदाताले भोली पनि एफपीओको प्रिमियम र मर्जरमा भएको आम्दानीमा कर तिर्नेछन् । सो पश्चात् मात्रै अन्तिम विवरण आउने भएकोछ छ ।

सरकारको लेखा परीक्षण गर्ने महालेखा परीक्षकको कार्यालयले एफपीओको प्रिमियम र बार्गेन पर्चेज गेनमा कर छलि भएको भन्दै सरकारलाई कर उठाउन निर्देशन दिएको थियो ।

 

महालेखाको उक्त निर्देशनपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेटमार्फत एफपीओको प्रिमियम र बार्गेन पर्चेज गेनको कर तिर्नुपर्ने व्यवस्था गर्दै मंसिर मसान्तसम्ममा कर तिरेको खण्डमा जरिवाना छुट गर्ने घोषणा गरेका थिए । उक्त घोषणाविरुद्ध बैंक तथा बीमा कम्पनी अदालत पुगेका थिए । सो रिट खारेज भएको कारण यती ठूलो मात्रामा रकम तिर्नुपरेको हो ।

आन्तरिक राजस्व विभागले मातहतका कार्यालयले शनिबार कार्यालय खोल्न निर्देशन दिएको छ ।

कम्पनीले यती ठूलो मात्रामा कर सरकारलाई भुक्तानी गर्दा यसको प्रत्यक्ष असर लगानीकर्तालाई पर्ने देखिन्छ ।

मंसिर मसान्तसम्म यस्तो रकम दाखिला गरे ब्याज र जरिवाना नलाग्ने सुविधा दिइएको छ। यस कारण कम्पनीहरूलाई शनिबारसम्म यस्तो रकम बुझाइ सक्नुपर्ने बाध्यता छ।

मंसिर मसान्तभित्र कर तिर्दा मर्जर तथा प्राप्तिबाट भएको लाभ र सेयर प्रिमियमबाट भएको लाभको आधारमा मात्रै कर तिरे पुग्छ। ब्याज र जरिवाना तिर्नु पर्दैन।तर यो समयसम्म कर नबुझाएमा जरिवाना र ब्याजका कारण दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अनुमान गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*