विवाहमा दिदिले बिहिनीलाई दिइन् हिमालयन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । भावि सुरक्षणको लागि विवाहमा दिदिले आफनो बिहिनीलाई बीमा पोलिसी उपहार दिएकि छिन् । हिमालयन लाइफ इन्स्योरेन्स विराटनगर शाखाका एजेन्सी मेनेजर फुरुमाया तामाङले आफ्नो बहिनी मनिका तामाङलाई विवाहको अवसरमा बीमा पोलिसी उपहार दिएकि हुन् ।
कम्पनीका एजेन्सी म्यानेजर फुरुमाया तामाङले हिमालयन लाइफको पाँच लाख बीमाङ्क रकमको ’जीबन बीमा उपहार वैवाहिक समारोहमा गरेकी थिईन् ।
विराटनगर शाखाबाट बिगत ३ वर्ष देखी नेपाल प्रथम हुदै आएकी एमडिआरटी फुरुमाया तामाङलाइ उत्कृष्ट उपहार जीबन रहँदा र जीबन पछि समेत ’ जीबन बीमा ’ भन्दा उत्कृष्ट अन्य नहुने भन्दै विराटनगर शाखाबाट तालिमको बेला पाएको ज्ञानले मनमा छोएको भन्दै अब देखी हरेक आफन्तको बिहे, बटुलोमा जीबन बीमा दिने सोचमा रहेको एजेन्सी मेनेजर फुरुमाया तामाङले जानकारी दिइन् ।
नेपालमा जीबन बीमा उपहार दिने प्रचलन नव सोच र दुर्गामी सम्पत्ति स्वरुप उपहार भएको हुँदा , हामी सम्पुर्ण नेपालीहरुमा आफनो गच्छे अनुसार बहुमुल्य गरगहना वस्तु दिदा ठुलो उपहार भन्ने प्रचलन छ । तर थोरै पैसामा समेत सर्वोत्कृष्ट उपहार स्वरुप जीबन बीमा दिन सकिने’ भएकोले यो सोचको बिकास हाम्रो समाजले गहन चिन्तन गरि थालनी गर्नुपर्ने विराटनगर शाखाको शाखा प्रमुख सन्तोष आचार्यले जानकारी दिए ।
उक्त अबसरमा हिमालयन लाइफ इन्स्योरेन्स कोशी प्रदेशको उपप्रदेश प्रमुख सुरेन्द्र लाल कर्ण , शाखा प्रमुख सन्तोष आचार्य र एजेन्सी मेनेजर ज्युहरुको उपस्थित रहेको थियो।