नेपाल लाइफले प्रिमियमको एफपीओमा कर वापत सरकारलाई बुझायो १ अर्ब रुपैयाँ, आगामी बर्ष लाभांशमा प्रत्यक्ष असर पर्ने
२९ मंसिर २०८०, शुक्रबार १७:२९
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारलाई १ अर्ब २ करोड रुपैयाँ कर तिरेको छ। अदालतले प्रिमियमको एफपीओमा कर लाग्ने आदेश दिएसँगै कम्पनीले जरिवाना भरपाईमा नपर्ने गरी आज १ अर्ब २ करोड कर तिरेको जनाएको छ।
नेपाल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरको शेयरमा १३ सय २५ रुपैयाँ प्रिमियम जोड्दै १४ सय २५ रुपैयाँ प्रतिकित्ता ३० लाख ९६ हजार ४२९ कित्ता एफपीओ जारी गरेको थियो । जसबाट कम्पनीले ४ अर्ब १० करोड २७ लाख ६८ हजार ४२५ रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
कम्पनीले यती ठूलो मात्रामा कर सरकारलाई भुक्तानी गर्दा यसको प्रत्यक्ष असर लगानीकर्तालाई पर्ने देखिन्छ ।