माछापुच्छ्रे बैंकका सुरेन्द्र महतोले बिक्रि गर्न लागेको शेयर बिकेन

२९ मंसिर २०८०, शुक्रबार १७:१४

माछापुच्छ्रे बैंकका सुरेन्द्र महतोको आफ्नो स्वामित्वमा रहेको सेयर नबिकेपछि पुनः बिक्रीमा ल्याएका छन् । संस्थापक सुरेन्द्र महतोले आफ्नो नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

यसमा अब जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । यसको भाउ भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज ९मंसिर २९ गते० बाट १५ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*