खाणले सम्पत्ति शुद्धीकरणमा १५ लाख धरौटी बुझाए, अख्तियारमा पेश गर्न बाँकी

२९ मंसिर २०८०, शुक्रबार १६:५३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले सम्पत्ति शुद्धीकरण विभागमा पनि धरौटी बुझाएका छन् ।

उच्च अदालत पाटनको आदेश अनुसार अदालतमा ३० लाख धरौटी बुझाएका खाणलाई सम्पत्ति शुद्धीकरण विभाग पठाइएको थियो । विभागले १५ लाख रुपैयाँ धरौटी माग गरेपछि खाणले धरौटी बुझाएको विभागका महानिर्देशक पुष्पराज शाहीले बताएका छन् ।

खाँणलाई अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराइने बताइएको छ । अख्तियाले छोड्न आदेश दिएको अवस्थामा खाण थुनामुक्त हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*