कार्यकालको अन्तिम सेकेण्डसम्म बजारलाई फाइदा पुग्ने काम गरेर जान्छु : अध्यक्ष हमाल

२९ मंसिर २०८०, शुक्रबार १६:०६

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफु बजारको सुधारका लागि स्पष्ट खाका बोकेर आएकाले कार्यकालको अन्तिम सेकेण्डसम्म पनि बजारलाई फाइदा पुग्ने काम गरेर जाने बताएका छन् ।

कार्यकाल सकिनै लाग्दा सेबोन अध्यक्ष हमालले यस्तो जिकिर गरेका हुन् । शुक्रबार नबिल स्टक डिलर लिमिटेडको सुभारम्भ समारोहमा उनले भने, ‘मैले सरकारलाई कुनै झोले योजना बुझाएर आएको होइन । गभर्नेन्स, इन्फोर्समेन्ट र इम्प्रुभमेन्ट गर्छु भनेर स्पष्ट खाकासहित आएको हुँ ।’

संचारमाध्यमप्रति लक्षित गर्दै अध्यक्ष हमालले सेबोनबाट जाँदाजाँदै महत्वपूर्ण नीतिगत सुधारको काम गरेर जान आग्रह गरिनु पर्नेमा त्यस्तो नभइरहेको गुनासो गरे । उनले लकइन अवधिका सम्बन्धमा सीडीएससी र नेप्सेले लगानीकर्ताहरुले सजिलोसँग हेर्न पाउने गरी सबै कुरा अनिवार्य उल्लेख गर्नुपर्ने र त्यसो नगरिए कारबाही गरिने कुरामा प्रष्ट हुन आग्रह गरे । २० दिन अनिवार्य राख्नु पर्ने र लकइन सकिएको १ हप्तासम्म पनि विवरण हटाउन नहुने उनले बताए ।

लकइन अवधिको सिस्टमबाट पुरानो ल्याकअप ट्रान्सप्यारेन्सीमा सुधार आएको उनले जिकिर गरे । लगानीकर्ताको हितमा नरहेका नीतिहरु तुरुन्तै परिवर्तन गर्न सकिने बताउँदै उनले नियामकहरु पूरानै मान्यताबाट चलिरहेको कुरा आफुलाई स्वीकार्य नहुने धारणा राखे ।

यस्तै, हमालले १० प्रतिशत शेयर जारी गर्ने नीति सबै खाले कम्पनीहरुका लागि न्यायोचित रहेको जिकिर समेत गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*